रुपन्देहीमा थप ४८६ जनामा कोरोना संक्रमणको पुष्टि,बुटवल उपमहानगरपालिकामा मात्रै २०८ जना
प्रकाशित मिति : 15 May, 2021 4:46 pm
रुपन्देही । रुपन्देहीमा ४८६ जना कोरोना संक्रमित थपिएका छन् ।
९७७ जनाको कोरोना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा ४८६ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
संक्रमित मध्य धेरै बुटवल उपमहानगरपालिकामा मात्रै २०८ जना छन् ।
त्यस्तै तिलोत्तमा नगरपालिकामा १०४, सिद्धार्थनगर नगरपालिकामा ४८, देवदह नगरपालिकामा ३८, सैनामैना नगरपालिकामा ३६,ओमसतिया गाउँपालिकामा १४ जना संक्रमित भेटिएका छन् । त्यस्तै संक्रमित ९ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा रुपन्देहीको संक्रमितको तथ्याङ्क :