१६ कार्तिक २०८१, शुक्रबार

नवलपरासी पश्चिममा ५० जना कोरोना संक्रमित थपिए,२९ जना निको

प्रकाशित मिति :  15 May, 2021 6:59 pm


परासी । नवलपरासी पश्चिममा ५० जना कोरोना संक्रमित थपिएका छन् भन् २९ जना कोरोना संक्रमित निको भएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको सुनवलका २५ जना , रामग्रामका ९, बर्दघाटका ८ , सरावल र प्रतातपुरका ३/३ र पाल्हिनन्दनका २ जनामा संक्रमण पुष्टि भएको हो ।

योसंगै नवलपरासी पश्चिममा संक्रिय संक्रमितको संख्या १,२६२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यलयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !