उद्योग व्यापार संघ अर्घाखाँचीका अध्यक्ष घिमिरेद्वारा कोरोना संक्रमितलाई निशुल्क खाना
प्रकाशित मिति : 15 May, 2021 7:17 pm
अर्घाखाँची । उद्योग व्यापार संघ अर्घाखाँचीका अध्यक्ष वेदराज घिमिरेले कोरोना संक्रमित भएर जिल्ला अस्पतालमा भर्ना भएकालाई निशुल्क खाना खुवाउन सुरु गरेका छन् ।
घिमिरेले कोरोना संक्रमित भएर एचडियूमा उपचाररत रहेकालाई बिहान र बेलुकी खाना खुवाउन सुरु गरेका हुन् । अर्घाखाँची अस्पतालमा १० बेड एचडियू सुविधा छ ।
घिमिरेले जेठ मसान्तसम्म एचडियूमा उपचाररत संक्रमितलाई बिहान र बेलुकी खाना खुवाउने बताएका छन् । घमिरे सामुदायिक रेडियो सुर्योदय एफएम सञ्चालन व्यवस्थापन समितिका उपाध्यक्ष पनि हुन् ।
अर्घाखाँची जिल्ला अस्पतालमा अहिले आइसोलेसनमा ५ जना र एचडियूमा १० जना संक्रमितको उपचार भइरहेको छ ।