१६ कार्तिक २०८१, शुक्रबार

चितवनमा निषेधाज्ञा संसोधन, निर्माण सामग्री बोक्ने गाडी बिहान ६ देखि २ बजेसम्म चल्न पाउने

प्रकाशित मिति :  16 May, 2021 12:40 pm


काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञामा केही संसोधन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानले निषेधाज्ञामा केही संसोधन गरेका हुन् । कोरोना संक्रमणबाट प्रभावित मध्यको जिल्ला चितवनमा जेठ १३ गतेसम्म निषेधाज्ञा छ ।

निषेधाज्ञामा जारी गरिएको आदेश अनुसार राजमार्ग भएर अन्य जिल्लामा जाने सवारी साधन,निर्माण सामग्रीका सवारी साधन र खाली फिर्ता हुने सवारी साधन चितवनभित्र नरोकिने गरि सञ्चालन गर्ने पाइने छ ।

त्यस्तै चितवनभित्र निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनको हकमा विहान ६ बजेदेखि दिउँसो २ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !