७ आश्विन २०८१, सोमबार

गुल्मीमा अक्सिजन प्लान्ट स्थापना गर्न रु. १० लाखको सहयोग जुटाउने नेता गोकर्ण विष्टको प्रतिबद्वता

प्रकाशित मिति :  16 May, 2021 1:52 pm


काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले गुल्मी जिल्लामा अक्सिजन प्लान्ट स्थापनाका लागि सुरु भएको अभियानमा १० लाख रुपैयाँ बराबरको सहयोग जुटाउने प्रतिबद्वता जनाएका छन् ।

नेपाल पत्रकार महासंघ गुल्मीले जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि अभियान चालेको छ । अभियानको स्वागत गर्दै गुल्मीबाट प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री विष्टले १० लाख रुपैयाँ बराबरको सहयोग जुटाउने प्रतिबद्धता जनाएका हुन् ।

सामाजिक सञ्जालमा विष्टले भनेका छन्,“पत्रकार महासंघ गुल्मीले गुल्मी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न चालेको अभियान स्वागत योग्य छ । महासंघको यो अभियानका लागि रु.१०,००,००० (अक्षरुपि दश लाख रुपैयाँ) बराबरको सहयोग जुटाइदिने प्रतिबद्धता व्यक्त गर्दछु । यो अभियानलाई साथ दिएर कोरोना विरुद्धको लडाईमा ऐक्यबद्धता जनाउनुहुन सबैमा अनुरोध गर्दछु ।”

दोस्रो लहरको कारोना संक्रमण फैलिएपछि देशैभर अक्सिजनको संकट देखिएको छ । अक्सिजनकै अभावमा दैनिक मानिसको ज्यान जान थालेको छ ।

अक्सिजनको अभाव हुन नदिन पत्रकार महासंघ गुल्मीले जिल्ला अस्पताल गुल्मीमा अक्सिजन प्लान्टका लागि अभियान सुरु गरेको हो ।



प्रतिक्रिया दिनुहोस !