नागार्जुन नगरपालिकाद्वारा २० हजार डोज खोपको माग
प्रकाशित मिति : 16 May, 2021 2:27 pm
काठमाडौं । काठमाडौं नागार्जुन नगरपालिकाले २० हजार डोज कोभिड खोप माग गरेको छ ।
स्वास्थ्य कार्यालय टेकु,काठमाडौंलाई आज पत्राचार गर्दै नगरपालिकाले पहिलो डोजको खोप भेरोसेल र दोस्रो डोजको खोप कोडिसिल्ड गरि १० हजार माग गरेको हो ।
नगरप्रमुख मोहनबहादुर बस्नेतले कोरोना संक्रमण बढ्दै गएको र खोप लगाउन नगरवासीहरूको स्वास्थलाई समेत ध्यान दिँदै खोप उपलब्ध गराउन स्वास्थ कर्यालयलाई भनेका छन् ।