७ आश्विन २०८१, सोमबार

देशभर थप ७,३६८ जनामा कोरोना संक्रमणको पुष्टि,१४५ जनाको मृत्यु

प्रकाशित मिति :  16 May, 2021 4:37 pm


काठमाडौं । पछिल्लो २४ घण्टामा ७,३६८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

पीसीआर विधिबाट ७ हजार ३१६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७,३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पत्रकार सम्मेलनका क्रममाम जानकारी गराएका छन् । त्यस्तै १४५ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकाभित्र २६०९ जना संक्रमित भेटिएका छन् ।

पछिल्लो समय कोरोना संक्रमितको दर केही घटेको देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !