७ आश्विन २०८१, सोमबार

गण्डकी प्रदेशमा ७७७ जना कोरोना संक्रमित थपिए,२८ जनाको मृत्यु

प्रकाशित मिति :  16 May, 2021 4:56 pm


कास्की । गण्डकी प्रदेशमा ७७७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा गरिएका परीक्षणमा ३७१ जना महिला र ४०६ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

संक्रमित मध्य कास्कीका मात्रै ३८७ जना छन् भने बागलुङ्मा ९९,पर्वतमा ९२, स्याङ्जामा ६१, गोरखामा ४९ जना रहेका छन् । त्यस्तै लमजुङ्मा २६, तनहुँमा २४,नवलपरासी पूर्वमा २४,म्याग्दीमा १२,मुस्ताङमा १,मनाङमा २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु भएको छ । जसमा कास्कीमा ९, स्याङ्जामा ७, तनहुँमा ३, नवलपरासी पूर्व,बागलुङ, लमजुङमा २/२ जनाको मृत्यु भएको छ । त्यस्तै मुस्ताङ,म्याग्दी र गोरखाका १/१ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !