७ आश्विन २०८१, सोमबार

काठमाडौं महानगरपालिकाभित्रका विद्यालयले आउँदो जेठ २० गतेसम्म परीक्षा लिइसक्नुपर्ने

प्रकाशित मिति :  16 May, 2021 6:03 pm


काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका विद्यालयले आउँदो जेठ २० गतेसम्म परीक्षा लिइसक्नुपर्ने भएको छ ।

महानगरपालिकाको शिक्षा विभागले विज्ञप्ति निकालेर जेठ २० गतेसम्म परीक्षा लिएर जेठ मसान्तसम्ममा नतिजा प्रकाशन गरिसक्न निर्देशन दिएको हो । असारको पहिलो हप्ताबाट कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउनसमेत महानगरपालिकाले निर्देशन दिएको छ ।

महानगरको शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले विज्ञप्ति जारी गर्दै कक्षा ८ को नगरस्तरीय परीक्षाबारे भने यथाशिघ्र सूचना गरिने बताएका छन् ।

अनलाइन र अफलाइन एवम् टेलिफोन, मेलमार्फत प्रश्न पठाएर लगायत विधि अपनाएर विद्यालय अनुकूल हुने गरी परीक्षा सञ्चालन गर्नुपर्ने महानगरपालिकाले निकालेको विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !