१ मंसिर २०८१, शनिबार

विश्व बैंक, एडीबीले ऋण बढाए: अर्थशास्त्री शर्मा

प्रकाशित मिति :  16 May, 2021 6:09 pm


काठमाडाैं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्माले गत वर्षदेखि विश्व बैंक, एसियाली विकास बैंक (एडीबी)लगायतका दातृ निकायले नेपालजस्ता मुलुकमा ‘सहुलियतपूर्ण ऋण’ बढाएको बताएका छन् ।

“नेपालमा भूकम्प र अझ कोभिडपछि पनि वैदेशिक ऋण पनि बढेको छ । यस बीचमा विश्व बैंक, एसियाली विकास बैंकले धेरै ऋण दिए, यसका कारणले नेपालमा आवश्यकताभन्दा बढी प्रोजेक्टहरू थुप्रिएका छन्,”  डा. शर्माले भने ।

दातृ निकायले नेपालजस्तो मुलुकका सहुलियतपूर्ण ऋण धेरै नै बढाए पनि नेपालले प्राप्त यस्ता ऋणहरू नै राम्रोसँग प्रयोग गर्न नसकेकाे उनकाे टिप्पणी छ ।

डा. शर्माले चालू आर्थिक वर्षको बजेट बनाउँदा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले मौद्रिक नीति र आर्थिक नीति पनि विस्तारकारी नै हुनुपर्छ भनेर दबाब दिएको खुलासा गरे,“ मलाई लाग्छ त्यो भन्दा पहिले कहिले पनि यस्तो सुझाव दिएका थिएनन्,” लुम्बिनी सञ्चारसँग विशेष कुराकानी डा. शर्माले भने ।

शर्मासँगकाे अन्तरर्वार्ता जेष्ठ ३ गते साेमबार बिहान प्रकाशन गरिनेछ ।



प्रतिक्रिया दिनुहोस !