६ आश्विन २०८१, आइतबार

पार्टी कारबाहीमा परेका लुम्बिनी प्रदेशका ४ पूर्वसांसदद्वारा सर्वोच्च अदालतमा रिट दायर

प्रकाशित मिति :  16 May, 2021 8:04 pm


काठमाडौं । लुम्बिनी प्रदेशसभाका जनता समाजवादी पार्टीका तत्कालीन चार सदस्यले आफूहरुलाई कारबाही गर्ने पार्टीको निर्णयविरुद्ध रिट निवेदन दायर गरेका छन् ।

जसपाका चार तत्कालीन प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेयले आफूहरुलाई पार्टीबाट कारबाही गरी हटाएको निर्णयविरुद्ध रिट निवेदन दायर गरेका हुन् ।

प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्धको अविश्वासका प्रस्तावमा हस्ताक्षर गरेर पनि सरकारमा सहभागी भएको जनाउँदै पार्टीले उनीहरुलाई पदबाट हटाएको थियो ।

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि जसपाका चार सदस्यले मन्त्रीको शपथ लिएका थिए । पार्टीको निर्णयविपरीत सरकारमा सहभागी भएको जनाउँदै जसपा (बाबुराम–उपेन्द्र) समूहले कारबाही गरी प्रदेशसभा सदस्यबाट तिनलाई पदमुक्त गराएका थिए ।

सो निर्णयविरुद्ध केही हप्ता अगाडि नै निवेदन लिएर आए पनि कोभिड सङ्क्रमण जोखिमका कारण अत्यावश्यकबाहेक दर्ता र सुनुवाइ नगर्ने पूर्ण इजलासको निर्णयानुसार निवेदन दर्ता भएको थिएन ।



प्रतिक्रिया दिनुहोस !