६ आश्विन २०८१, आइतबार

पार्टीलाई ‘नयाँ ढंगले अगाडि बढाउन’ भन्दै प्रचण्डले मागे सार्वजनिक रुपमै सुझाव

प्रकाशित मिति :  16 May, 2021 8:55 pm


फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने भन्दै सुझाव दिन सार्वजनिक आग्रह गरेका छन् ।

नेकपा एमालेसँगको एकिरण टुटेको र प्रधानमन्त्रीबाट एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हटाउन नसकेपछिको अवस्थामा प्रचण्डको आज यस्तो आग्रह आएको हो ।

अध्यक्ष प्रचण्डले आगामी दिनका लागि विचार, राजनीतिक, संगठनात्मक संरचना, घाइते अपाङ्ग एवं शहीद परिवार लगायत नेता कार्यकताको आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नयाँ ढंगले अगाडी बढाउने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्,“हाम्रो गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र) द्वारा आगामी दिनका लागि विचार, राजनीतिक, संगठनात्मक संरचना, घाइते अपाङ्ग एवं शहीद परिवार लगायत नेता कार्यकताको आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नयाँ ढंगले अगाडी बढाउने सोच राखेकोले उचित राय सल्लाह सुझावको अपेक्षा गरिएको छ ।”

राय सुझावका लागि [email protected] इमेल ठेगानामा पठाउन भनिएको छ ।



प्रतिक्रिया दिनुहोस !