६ आश्विन २०८१, आइतबार

कर्णालीमा नवनियुक्त दुई मन्त्रीद्वारा शपथग्रहण

प्रकाशित मिति :  17 May, 2021 3:52 pm


सुर्खेत । कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नवनियुक्त आन्तरिक मामिला, कानून, युवा तथा खेलकूदमन्त्री सीता नेपाली र आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

दुवै मन्त्रीलाई आज प्रदेशप्रमुख गोविन्द्रप्रसाद कलौनीले शपथ गराएका हुन् । दुबै जना हिजो मन्त्री नियुक्त भएका थिए ।



प्रतिक्रिया दिनुहोस !