६ आश्विन २०८१, आइतबार

नेता भट्टराईको प्रस्ताव,‘टियू क्रिकेट मैदानमा १ हजार बेडको अस्पताल र प्रधानमन्त्री नेतृत्वको हाइकमाण्ड अपरेशन टिम’

प्रकाशित मिति :  17 May, 2021 5:22 pm


काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद् योगेश भट्टराईले त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर क्रिकेट मैदनमा १ हजार बेडको कोभिड अस्पताल बनाउन प्रस्ताव गरेका छन् ।

प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिमिको बैठकमा आफ्नो धारणा राख्दै समिति सदस्य समेत रहेका भट्टराईले अहिले सबैभन्दा कम कोरोना संक्रमित भएको चीनको सहयोग लिएर तत्काल कोरोना अस्पताल बनाउनुपर्नेमा जोड दिएका हुन् ।

उनले भने,“कारोना नियन्त्रण बाहिर गइसक्यो, हामीसँग भएको स्रोत साधनले धान्न गाह्रो छ । अहिले संक्रमण कम चीनमा छ त्यसैले चीनबाट पूर्ण सहयोग लिनुपर्छ र टियू क्रिकेट मैदानमा १ हजार बेड भेन्टिलेटर र आइसियूसहितको अस्पताल बनाउनुपर्छ ।”

अहिले सिसिएसमी प्रभावहीन र निकै कमजोर भइसकेको सांसद भट्टराईको भनाई छ । अहिले प्रधानमन्त्रीको नेतृत्वमा हाइकमाण्ड अपरेशन टिम बनाउनुपर्नेमा उनले जोड लिए ।

उनले भने,“सिसिएमसी केन्द्रमा निकै प्रभावहीन भइसक्यो,यो समन्वयकारी संस्था हो, यो धेरै कमजोर छ । फिल्डमा गएर एक्सन गर्नुपर्ने अवस्था छ त्यसैले सिधै प्रधानमन्त्रीको नेतृत्वमा हाइकमाण्ड अपरेशन टिम नबनाई हुँदैन ।” उनले  तत्काल स्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था भने नभएको उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !