एनआरएनए अफ्रिकाका राष्ट्रिय समन्वय समितिको पहलमा ३० थान भरी अक्सिजन सिलिण्डर सहयोग
काठमाडौं । एनआरएनए अफ्रिकाका राष्ट्रिय समन्वय समितिको संयुक्त पहलमा आज थप ३० थान रिफिल अक्सिजन सिलिन्डर पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी मार्फत शहीद स्मृति अस्पताल चौपत्तालाई उपलब्ध गराइएको छ ।
संघले परासीमा दुई सय थान रिफिल अक्सिजन सहयोग गर्ने योजना बनाएको छ ।
यस अघि ६० थान रिफिल अक्सिजन परासी अस्पताललाई हस्तान्तरण गरिसकिएको छ । उक्त हस्तान्तरण कार्यको लागि सांसद देवेन्द्रराज कंडेलको संयोजन सहयोग र लायन्स क्लब बुटवल स्टार र लियो क्लब अफ रामग्रामको व्यवस्थापन सहयोग रहेको थियो ।
एनआरएनए अफ्रिका क्षेत्रबाट बुटवल क्षेत्रमा अक्सिजन सिलिन्डर सहयोगको संयोजन गरिरहेका राष्ट्रिय समन्वय समिति कङ्गोका अध्यक्ष अमृत क्षेत्रीले भोलि बिहान रजहरमा सहयोग हस्तान्तरण हुने र गुल्मी , पाल्पा र स्याङ्जाको सहयोगका लागि व्यस्थापन हुँदै गरेको जानकारी गराएका छन् ।