६ आश्विन २०८१, आइतबार

लुम्बिनीका ४ सांसद हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

प्रकाशित मिति :  17 May, 2021 7:26 pm


काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका ४ सांसदलाई पदमुक्त गर्ने लुम्बिनी प्रदेशसभाका सभामुखको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

आज न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले दायर गरेको रिटमा सुनुवाई गर्दै उनीहरुलाई सांसद पदबाट पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

सुवेदीको इजलासले विपक्षीलाई १५ दिनभित्र जवाफ पेश गर्नपनि आदेश दिएको छ । अदालतले दुवै पक्षलाई छलफलका लागि जेठ १६ गते बोलाएको छ ।



प्रतिक्रिया दिनुहोस !