रामग्राम नगरपालिकाद्वारा कारगारका कैदीबन्दीहरुलाइ स्वास्थ्य सामग्री वितरण
परासी । नवलपरासीको रामग्राम नगरपालिकाले जिल्ला कारगारका कैदीबन्दिहरुलाई स्वास्थ्य सामाग्री बितरण गरेको छ ।
नयाँ भेरियन्ट सहितको कोभिड–१९ को बढ्दो संक्रमणबाट कैदीबन्दीहरुलाई पनि सुरक्षित राख्ने उद्देश्यले नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले मास्क र सेनिटाइजर लगायतका स्वास्थ सामग्री बितरण गरेका हुन् ।
कैदीबन्दीलाई हस्तान्तरण गरिएको सामाग्री बुझ्दै निमित्त कारगार प्रमुख इश्वरी आचार्याले, कारगारमा बाहिरबाट आउने कैदीबन्दीहरुलाई पिसिआर परीक्षण गरि मात्र कारगार चलान गरिएको बताए । उनले भने,“यहाँ खटिने सुरक्षाकर्मी र हामी कर्मचारीहरु पनि स्वास्थ मापदण्ड अपनाउने गरेका छौँ ।”
कारगारलाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै नगर प्रमुख गुप्ताले केहिदिनमै थप आवश्यक औषधि, भिटामिन्स, जिन्क, मास्क, सेनिटाइजर, ग्लोब्स सहयोग गर्ने प्रतिबद्धता जनाउदै यसबाट कैदीबन्दीहरुको मनोबल पनि उच्च रह्ने बिश्वास व्यक्त गरे ।