६ माघ २०८१, आइतबार

एनआरएनएले स्व.वरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठबारे स्मृति ग्रन्थ प्रकाशन गर्ने

प्रकाशित मिति :  18 May, 2021 7:43 am


काठमाडौं । प्रवासमा वसेर नेपाली साहित्यको उत्थानमा निरन्तर सकृय स्व.कृष्णप्रकाश श्रेष्ठको स्मरणमा शब्द चित्र प्रकाशन हुने भएको छ ।

नेपाली साहित्यको लेखन र रुसी भाषामा अनुबाद तथा नेपाली साहित्य र संस्कृतिको उत्थानमा अनवरत ६ दशकसम्मा योगदान दिएका वरिष्ठ साहित्यकार श्रेष्ठको कोरोनाका कारण गत २९ मार्चमा निधन भएको थियो ।

श्रेष्ठको योगदानको कदर गर्दै उनको स्मृतिमा,‘शब्द चित्रमा कृष्णप्रकाश श्रेष्ठ’ प्रकाशन गर्न लागिएको गैरआवासीय नेपाली सङ्घको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले जनाएको छ । समितिले स्मृति ग्रन्थ प्रकाशनका लागि संयोजन गर्ने जिम्मेवारी क्यानडाका साहित्यकार सुरेन उप्रेतीलाई तोकेको छ ।

समितिले श्रेष्ठको बारेमा जानकारी राख्ने व्यक्तिले स्मरणहरु प्रकाशनका लागि पठाउन आग्रह गरेको छ । प्रशानका लागि समितिले श्रेष्ठसँग सम्बन्धित स्मरणहरू पठाउन भनेको छ ।



प्रतिक्रिया दिनुहोस !