६ माघ २०८१, आइतबार

निषेधाज्ञामा पनि कोरोना संक्रमण कम नभएपछि रोल्पाको रुन्टीगढी गाउँपालिका सिल

प्रकाशित मिति :  18 May, 2021 9:27 am


रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका सिल गरिएको छ । कोरोना संक्रमितको संख्या निरन्तर बढ्दै गएपछि गाउँपालिकाले स्वास्थ्य र बैंकिङ सेवा बाहेक सबै क्षेत्र कडाइका साथ बन्द गरेको हो ।

रोल्पामा निषेधाज्ञा जारी छ । वैशाख २६ गतेको निर्णय अनुसार गाउँपालिकाभित्रका सम्पूर्ण गतिविधि वैशाख २८ गतेदेखि हिजोसम्म बन्द गरिएको थियो ।

तर यस अवधिमा कोरोना संक्रमित बढ्नुका साथै मृत्युसमेत हुन थालेपछि आजदेखि जेठ १० गतेसम्म गाउँपालिका क्षेत्र सिल गरिएको अध्यक्ष बालाराम बुढाले जानकारी दिए ।

यो अवधिमा स्वास्थ्य क्षेत्र र बैंकबाहेक सबै गतिविधि पूर्ण रुपमा बन्द हुने अध्यक्ष बुढाले बताएका छन् । गाउँपालिकाभित्रका बैंकका लागि खुल्नका लागि समय तालिका बनाइएको छ ।

बैंकहरूले न्यूनतम कर्मचारीको उपस्थितिमा स्वास्थ्यको मापदण्ड पूर्ण पालना गरेर बिहान ११ बजेदेखि १ बजेसम्म आफ्नो गतिविधि सञ्चालन गर्न पाउने छन् ।

त्यस्तै आइतबार र बुधबार राष्ट्रिय बाणिज्य बैंक,सोमबार र बिहीबार ग्लोबर आइएमइ बैंक र मंगलबार र शुक्रबार कामना सेवा बिकास बैंक खुल्ने गरि समय तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस !