बुटवलको कोरोना विशेष अस्पतालमा रुपन्देहीका ४ र अर्घाखाँचीका १ जना संक्रमितको मृत्यु
रुपन्देही। बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप ५ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुपन्देहीका ४ र अर्घाखाँचीका १ जना रहेका छन् । लुम्बिनी प्रदेशी अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमका अनुसार सियारी गाउँपालिका-३ का २९ वर्षीय पुरुषको हिजो बेलुकी ७ः२७ मा मृत्यु भएको हो । वैशाख २८ गते कोरोना पाजेटिभ दिएका उनी सोही दिन अस्पताल भर्ना भएका थिए ।
त्यस्तै तिलोत्तमा नगरपालिकाका ७९ वर्षीय पुरुषको हिजो बुलुकी ५ बजे निधन भएको छ । वैशाख २८ गते कोरोना संक्रमणको पुष्टि भएका उनी जेठ २ गते अस्पाल भर्ना भएका थिए ।
बुटवल उपमहानगरपालिका-१२ कि ४० वर्षीय महिलाको हिजो बेलुकी ६ बजे निधन भएको छ । जेठ १ गते कोरोना संक्रमण देखिएपछि उनी ३ गते अस्पताल भर्ना भएकी थिइन् ।
बुटवल उपमहानगरपालिका-२ का ६० वर्षीय पुरुषको निधन भएको छ । जेठ १ गते कोरोना पोजेटिभ देखिएपछि उनी हिजो मात्रै अस्पताल भर्ना भएका थिए ।
त्यस्तै खनदह-३ अर्घाखाँचीका ४३ वर्षीय पुरुषको पनि निधन भएको डाक्टर गौतमले जनाएका छन् । वैशाख २५ गते कोरोना संक्रमन देखिएपछि जेठ २ गते भर्ना भएका उनको आज बिहान १२.०७ बजे मृत्यु भएको अस्पताले जनाएको छ ।