१६ कार्तिक २०८१, शुक्रबार

नेकपा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य पुनको कोरोनाका कारण निधन

प्रकाशित मिति :  18 May, 2021 11:40 am


काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य सतमान पुनको कोरोना संक्रमणका कारण निधन भएको छ ।

भूमि सम्बन्धि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष समेत रहेका पुनको उपचारका क्रममा नेपालगञ्जमा आज निधन भएको हो । केही दिन पहिले कोरोना संक्रमणको पुष्टि भएपछि उनलाई हेलिकप्टरमा नेपालगन्ज लगिएको थियो ।

पुनको निधनप्रति लुम्बिी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दुःख व्यक्त गरेका छन् । रूकुम पूर्वले असल नेता तथा सुयोग्य अभिभावक गुमाएको मुख्यमन्त्री पोखरेलको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !