१६ कार्तिक २०८१, शुक्रबार

प्यूठान जिल्ला अस्पताल विकास समितिका अध्यक्ष र सदस्यको स्वागत

प्रकाशित मिति :  18 May, 2021 11:52 am


प्यूठान । प्यूठान जिल्ला अस्पताल विकास समितिका अध्यक्ष सिद्धिमणी सुवेदी तथा सदस्य टिका सुवेदीलाई अस्पतालले स्वागत गरेको   छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बैशाख ३१ गतेको निर्णय अनुसार अध्यक्ष र सदस्यमा नियुक्त भएका दुबैजनालाई बाधाईसँगै अस्पतालमा स्वागत गरिएको हो ।

प्यूठान अस्पतालका प्रमुख डाक्टर नविन दर्नालले दुवै जनालाई स्वागत गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका थिए ।

अध्यक्ष र सदस्यमा नयाँ मनोनित भएसंगै निवर्तमान अध्यक्ष एव जिल्ला समन्वय समिति प्रमुख केशवराज आचार्य र सदस्य तथा उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतीलाई बिदाई गरिएको अस्पतालले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !