१२ मंसिर २०८१, बुधबार

टेक्सासका गभर्नरद्वारा मास्क लगाउन प्रतिबन्ध,लगाए जरिवाना

प्रकाशित मिति :  19 May, 2021 7:20 am


काठमाडौ । अमेरिकाको टेक्सास प्रदेशमा २१ मे देखि मास्क फुकाल्ने आदेश जारी गरिएको छ।

त्यहाँका गर्भनर ग्रेग एबटले मास्क लगाए जरिवाना हुने एक कार्यकारी आदेश जारी गरेका छन् ।

सरकारी अधिकारीहरूले मे २१ देखि मास्क फुकालेर जाने बाध्यकारी बनाइएको छ भने जुन ४ देखि स्कूल जस्ता सार्वजनिक ठाउँमा मास्क लगाएर जान प्रतिबन्ध लगाइएको छ ।

प्रदेशका स्थानीय तहका शहर, स्कूल, जिल्ला, सार्वजनिक स्वास्थ्य अधिकारी र सरकारी अधिकारीहरूलाई मास्क लगाएर आउन रोक लगाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मास्क लगाएको पाइए हजार अमेरिकी डलरसम्म जरिवाना तिर्नुपर्ने मास्क विरोधीको रूपमा चिनिएका गभर्नर एबटको विज्ञप्तिमा छ ।
टेक्सासमा ३९ प्रतिशत जनसंख्यामा कोरोनाका पूरा खोप दिइसकिएको छ ।

 



प्रतिक्रिया दिनुहोस !