३ आश्विन २०८१, बिहिबार

कोरोना संक्रमित पुष्प व्यवसायी र आश्रित कर्मचारीलाई सहयोग गर्न फ्यानद्वारा कार्यदल गठन

प्रकाशित मिति :  19 May, 2021 9:10 am


काठमाडौं । फ्लोरिकल्चर एसोसियसन नेपाल(फ्यान)ले कोरोना संक्रमित पुष्प व्यवसायी र तिनका परिवार तथा आश्रित कर्मचारीलाई सहयोगका लागि कार्यदल गठन गरेको छ ।

पुष्प व्यवसायमा पनि व्यापक क्षति भएको र धेरै पुष्प व्यवसायीहरू कोरोना संक्रमित भएको भन्दै सहयोगका लागि फ्यानले अध्यक्ष कुमार कसजु श्रेष्ठको अध्यक्षतामा ८ सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा फ्यानका उपाध्यक्ष तथा जिल्ला संयोजक शिवबहादुर खड्का,सचिव हिरामणि शर्मा, नर्सरी उपसमिति संयोजक राजकृष्ण बजगाई, कटफ्लावर रिटेलर उपसमिति संयोजक दिपेश भट्टराई, फ्यान कार्यक्रम सयोजक जे.वी. तामाङ सदस्य रहेका छन् । महासचिव विश्वमणि पोख्रेल कार्यदलको सदस्य सचिव छन् ।

कार्यदलले पुष्प व्यवसाय गरिरहेका पुष्प व्यवसायीहरू,निजको परिवार तथा आश्रित कर्मचारीहरू कोरोनाबाट संक्रमित भइ उपचार गराउन परेका आवश्यक समन्वय र सहजिकरण गर्ने अधयक्ष कसजुले जानकारी दिए ।

फ्यानले निषेधाज्ञा अवधिभरका लागि फार्म तथा नर्सरीमा आवतजावतमा सहजीकरण गर्न पुष्प उद्यमी परिचयपत्र बनाएर उपलब्ध गराईरहेको छ ।



प्रतिक्रिया दिनुहोस !