अमेरिकामा साइबर आक्रमण गर्ने ह्याकरलाई फिरौतीमा ९ करोड डलर दिइयो
काठमाडौ । अमेरिकाको सबै भन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर आक्रमण गर्ने ह्याकरले ९ करोड अमेरिकी डलर फिरौती पाएका छन् ।
इलिप्टिकले जनाए अनुसार मे महिनाको सुरुआतमा अमेरिकाको कोलोनिअल पाइपलाइनमा साइबर आक्रमण समूह डार्कसाइड छ । उसले फिरौतीको रकम डिजिटल मुद्रा बिटक्वाइनमा लिएको छ ।
पाइपलाइनबाट प्रविधिमा आधारत आपूर्ति प्रणाली ठप्प हुन पुगेको थियो । आक्रमण भएपछि यहाँबाट इन्धन वितरण गर्न टयांकर प्रणाली अपनाउनु परेको थियो ।
अमेरिकाको गुप्तचरसंस्था एफबीआईले पूर्वी युरोपको साइबर अपराधीहरूको समूह डार्कसाइडले यो आक्रमण गरेको जनाएको छ ।
यसअघि पनि यहाँ साइबर आक्रमण भएको थियो । त्यति बेला पाइपलाइन सञ्चालकहरूले सो समूहलाई ५० लाख अमेरिकी डलर फिरौती दिएका थिए । बिटक्वोइनमा दिइएको फिरौती रकम डिजिटल मुद्राका भिन्न भिन्न ४७ वालेट मार्फत दिइएको छ । हरेक बालेटमा १९ लाख औसत भुक्तानी गरिएको छ ।
९ करोड अमेरिकी डलर मध्ये १ करोड ५५ लाख डार्कसाइडको डिभलोपरको हिस्सामा गएको छ । बाँकी ७ करोड ४७ लाख अमेरिकी डलर डार्कसाइडसँग आबद्ध भएका भिन्न समूहहरूलाई पठाइएको । बिटक्वोइनमा भुक्तानी गरिएको रकम चलनचल्तीको मुद्रामा परिवर्तन गरिनेछ ।