बुटवल कोरोना अस्पतालमा उपचाररत रुपन्देहीका ५ र पाल्पाका १ जनाको मृत्यु
प्रकाशित मिति : 19 May, 2021 1:47 pm
रुपन्देही । बुटवल कोरोना विशेष अस्पतालमा उपचार गराईरहेका रुपन्देहीका ५ र पाल्पाका १ गरि छ जनाको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार हिजो बेलुकी साढे ४ बजेदेखि आज बिहानसम्म आइसीयू र इमर्जेन्सिमा ६ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका १३ का ५२ वर्षीय, बुटवल उपमहानगरपालिका ७ का ६० वर्षीय महिला,बुटवल उपमहानगरपालिका ११ का ८० वर्षीय महिला, रुपन्देही तिलोत्तमा नगरपालिका ५ का ६१ वर्षीय पुरुष, रुपन्खदेही ओमसतीय गाउँपालिका १ का ४७ वर्षीय पुरुष रहेका छन् ।
त्यस्तै पाल्पा तिनाउ-६ का ६० वर्षीय महिलाको पनि निधन भएको सूचना अधिकारी गौतमले जानकारी दिए ।