६ माघ २०८१, आइतबार

नवलपरासी पश्चिममा सशस्त्र प्रहरीको गोली लागेर एक युवकको मृत्यु,६ प्रहरी घाइते [फोटोसहित]

प्रकाशित मिति :  19 May, 2021 2:03 pm


नवलपरासी । नवलपरासी(पश्चिम)को दक्षिणी सीमामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर घाइते भएका स्थानीय युवकको मृत्यु भएको छ ।

गोली लागेर प्रतापपुर गाउँपालिका–६ का २३ वर्षीय अविनाश राजभरको मृत्यु भएको हो ।

प्रहरीको गोली लागेर घाइते भएका उनको स्थानीय सहिद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५ स्थित वनकट्टीबाट भारततर्फ जान लागेका स्थानीय केहि युवालाई नाकामा खटिएका सशस्त्र प्रहरीले रोकेपछि झडप विवाद सुरु भएको थियो ।

कोभिड–१९ को जोखिम भएकाले सशस्त्रले रोकेपछि तनाव देखिएको थियो । रोकिएका युवाले आफूहरुलाई सशस्त्रले रोकेर जान नदिएको भन्दै उनीहरुले गाउँमा पुगेर अरू स्थानीयलाई खबर गरेपछि ५०/६० जनाको समूहमा आएका स्थानीयहरुले सशस्त्रमाथि ढुंगा मुढा प्रहार गरेपछि झडप भएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताए ।

झडपमा सशस्त्र प्रहरी नायब निरक्षक शंकर बुढाथोकी सहित अन्य ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् । झडपपछि सशस्त्र प्रहरीले गोली चलाएको थियो ।



प्रतिक्रिया दिनुहोस !