१३ मंसिर २०८१, बिहिबार

अर्घाखाँची मालारानीमा कोरोना शंकास्पद व्यक्तिको परीक्षण सुरु,९ जनामा संक्रमणको पुष्टि

प्रकाशित मिति :  19 May, 2021 2:22 pm


अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकाले कोरोनासंग मिल्दो जुल्दो लक्षण देखिएकाको परीक्षण सुरु गरेको छ ।

पालिकाले सञ्चालन गरेको कोभिड बिशेष अस्पतालमा आज ६५ जनाको एन्टिजेन्ट बिधिमार्फत परीक्षण गरिएको पालिकाका स्वास्थ्य संयोजक भबिश्वर खनालले जानकारी दिए । परीक्षण गरिएका मध्ये ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

जसमध्ये मालारानी गाउँपालिका वडा न २ मा १ जना, वडा नं ४ मा २ जना, वडा नम्बर ५ का ४ जना, वडा नं ६ मा १ जना र वडा नम्बर ७ मा एकजना गरि ९ जनामा संक्रमण पुष्टी भएको हो ।

कोरोना संक्रमण समुदाय स्तरमा फैलिएकोले लकडाउनलाई पूर्णरुपमा पालना गर्न पालिका अध्यक्ष बालकृष्ण आचार्यले आग्रह गरेका छन् ।

होम आईशोलेसनमा बसेका व्यक्तिहरूलाई कुनै समस्या परेमा कोभिड बिशेष अस्पतालको डाक्टर संग सम्पर्क गर्न तथा स्वास्थ्य संस्थासम्म ल्याउन चौबिसै घण्टा एम्बुलेन्स तयारी अवस्थामा राखिएकाको उनको भनाई छ । कुनै समस्या परेमा वडाका जनप्रतिनिधीहरुसंग समन्वय गर्न समेत अध्यक्ष आचार्यले आग्रह गरे ।

पालिकाले अक्सीजन सहितको ५ बेडको कोभिड अस्पताल मालारानी गाउँपालिका वडा नं ४ को गुफा भन्ने स्थानमा सञ्चालन गरेको छ ।

उक्त अस्पतालमा अहिले १ जना कोरोना संक्रमित भएका व्याक्तिलाई भर्ना गरि उपचार गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश पन्थीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !