१ मंसिर २०८१, शनिबार

विद्युत व्यापारमा निजी क्षेत्र हाबी हुनेगरि कम्पनी बनाउन लागिएको भन्दै कर्मचारी संगठनको विरोध

प्रकाशित मिति :  19 May, 2021 3:06 pm


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्र हाबी हुने गरी विद्युत व्यापारका लागि कम्पनी गठन प्रकृया अगाडि बढाइएको भन्दै कर्मचारी संगठनले आपत्ति जनाएका छन् ।

प्राधिकरणमा क्रियाशील तीनवटा कर्मचारी संगठनले प्राधिकरणका कार्यकारी निर्देशकको ध्याकर्षण गराउँदै‘प्राधिकरणको नगन्य सहभागिता रहने गरी विद्युतको व्यापार गर्न निजी क्षेत्र हाबी हुने गरी स्थापना हुने कम्पनीहरू मार्फत विद्युत व्यापार प्रकृया अगाडि बढाउँदा नेपाल विद्युत प्राधिकरणलाई मात्र नभइ देशकै समग्र उर्जा क्षेत्रलाई थप अनिश्चिता तर्फ धकेल्ने’ चेतावनी दिइएको छ ।

नेपाल विद्युत प्राधिकरणको कर्पोरेट विकास योजना नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिबाट पारित भैसकेको र आफ्नै सहायक कम्पनीको रुपमा नेपाल विद्युत व्यापार कम्पनी गठन गरिसकेको अवस्थामा निजी क्षेत्र हाबी हुने गरि जलमाफियाको स्वार्थमा अर्को कम्पनी गठन प्रक्रिया अगाडि बढाइएको कर्मचारी संगठनको आरोप छ ।

क्रियाशील ट्रेड युनियनहरू लगायतका सरोकारवाला निकायसँग छलफल नै नगरी प्रक्रिया अगाडि बढाइए कठोर कदम चाल्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !