६ आश्विन २०८१, आइतबार

प्रधानमन्त्री ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेपछि आयोग रुष्ट, भन्यो,‘अभिलेख राखेका छौं’

प्रकाशित मिति :  19 May, 2021 3:30 pm


काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि भोली हुन लागेको निर्वाचनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आचारसंहिता उल्लंघन गर्दै मत मागेका छन् ।

एवं नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आज विज्ञप्ति जारी गर्दै मत मागेपछि निर्वाचन आयोगले आपत्ति जनाएको छ । जेठ ३ गते रातीबाट मौन अवधि सुरु भइसकेको भन्दै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विज्ञप्ति जारी गरेरै असन्तुष्टि जनाएको छ ।

आयोगले भनेको छ,“ आयोगले अनुरोध गर्दागर्दैनि केही व्यक्तिहरुले आचारसंहिता विपरीत वक्तब्य दिने,प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रशारण गर्ने र केही सञ्चार माध्यमहरुले उमेद्वारको जीतहारको पूर्वानुमानका सामाग्री प्रसार गर्ने तथा विभिन्न व्यक्तिहरूको अन्तरवार्ता लिने जस्ता गतिविधिहरू गरेको देखिएकोले यस तर्फ आयोगको गम्भीररुपमा ध्यानाकर्षण भएको छ ।”

आयोगले निर्वाचनको सिलसिलामा राजनीतिक दल,सार्वजनिक निकाय तथा सञ्चारमाध्यम लगायतले पालना गर्नुपर्ने आचारसंहिता समेत लागु भइसकेको सन्दर्भमा आचारसंहिता विपरितका यस्ता क्रियाकलापले निर्वाचनको स्वच्छता र विश्वसनीयता प्रतिनै आघात पर्ने उल्लेख गरेको   छ ।

आयोगले भनेको छ,“ एकतार्फत आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ लागु गर्न नसक्ने भनी आलोचना पनि गर्ने र अर्को तर्फ आफै आचार संहिता विपरीतका गतिवधिमा संलग्न हुनु कुनैपनि दृष्टिकोणबाट स्वीकार्य हुँदैन ।”

आयोगले निर्वाचन आचारसंहिता विपरितका कार्य गर्ने व्यक्ति वा संस्थालाई आयोगले कानून बमाजिम कारबाही गर्न सक्ने कुरा प्रष्ट पादै आचारसंहिता विपरीत कार्य गर्नेको अभिलेख राख्ने बताएको छ । आयोगले निर्वाचन आचारसंहित एक कानूनी आधार र नैतिक वन्धन भएको समेत स्मरण गराएको छ ।



प्रतिक्रिया दिनुहोस !