१७ कार्तिक २०८१, शनिबार

पूर्वप्रहरी महानिरीक्षक बरालको निधन

प्रकाशित मिति :  19 May, 2021 4:08 pm


काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खड्गजीत बरालको निधन भएको छ ।

उनको ९३ वर्षका उमेरमा आफ्नै निवास महाराजगञ्जमा निधन भएको हो । विसं २०२९ साउनदेखि २०३५ जेठसम्म नेपालका नवौँ प्रहरी महानिरीक्षक भएका उनी राजदूत पनि भएका थिए ।

बरालले प्रहरी सङ्गठनको प्रणाली विकास गर्ने सिलसिलामा महत्वपूर्ण योगदान गरेको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताए ।

प्रहरीको राशन व्यवस्थापन, ब्यारेक, अस्पताल र प्रहरी स्कूल बनाउनमा उनको महत्वपूर्ण योगदान रहेको प्रहरी अधिकारीहरु स्मरण गर्छन् ।

नेपाल प्रहरीको श्रीवृद्धि र उन्नतिमा अतुलनीय योगदान पुराएका उनी सङ्गठनको युगपुरुषका रुपमा स्थापित भएको प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस !