१७ कार्तिक २०८१, शनिबार

गण्डकी प्रदेशमा कोरोनाबाट पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु, ६८८ संक्रमित थपिए

प्रकाशित मिति :  19 May, 2021 4:30 pm


काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट एकै दिन ३० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेका तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कास्कीका ८, स्याङ्जाका ७, पर्वत र तनहुँका ५/५ जना छन् भने गोरखाका ३ र नवलपरासी पूर्वका २ जनाको रहेको निर्देशनालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ६८८ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमित मध्य सबैभन्दा धेरैका कास्कीका १७६ जना छन् भने गोरखामा १२९, नवलपरासी पूर्वमा १२८,बागलुङ्मा ७०, म्याग्दीमा ६८, तनहुँमा ५६, पर्वतमा २२, मनाङमा १३, मुस्ताङमा १०, स्याङ्जामा ९ र लमजुङ्मा ७ जना रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !