६ आश्विन २०८१, आइतबार

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पोखरेलको पुन: नियुक्ति विरुद्व अदालत जाने विपक्षी दलको निर्णय

प्रकाशित मिति :  19 May, 2021 4:50 pm


फोटो : लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको साइटबाट

रुपन्देही । लुम्बिनी प्रदेशका विपक्षी दलले मुख्यमन्त्रीमा शंकर पोखरेलको पुनः नियुक्तिविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेका छन् ।

आज बसेको नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको एउटा पक्ष, राष्ट्रिय जनमोर्चाले पोखरेलको नियुक्ति विरुद्व सर्वोच्च अदालतमा जाने निर्णय गरेका हुन् ।

विपक्षी दलले मुख्यमन्त्री शंकर पोखरले विरुद्व वैशाख ६ गते प्रदेश सभामा अविश्वासको दर्ता गराएका थिए । तर मुख्यमन्त्री पोखरेलले अविश्वासको सामना गर्नुअघि नै वैशाख १९ गते ठूलो दलको हैसियतमा आफूसँग बहुमत रहेको भन्दै प्रदेश प्रमुखसँग दाबी गरेर पुन ः मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

विपक्षी दलले पनि आफूहरुसँग बहुमत रहेको भन्दै माओवादी केन्द्रका नेता कुलप्रसाद केसी सोनामलाई मुख्यमन्त्रीका नियुक्त गर्न प्रस्तावसहित हस्ताक्षर बुझाएका थिए । विपक्षी दलले फेरि अविश्वासको प्रस्तावमाथि छलफल गर्नुपर्ने भन्दै विशेष अधिवेशनको माग गरे ।

प्रदेश प्रमुख धर्मनाथ यादवले भने संवैधानिक व्यवस्था अनुसार विशेष अधिवेशन बोलाउन नमिल्ने भनेपछि विपक्षी दल सर्वोच्च अदालतमा जाने निर्णयमा पुगेका हुन् ।

विपक्षी दलले भनेका पोखरेलको पुनःनियुक्ति नेपालको संविधानको मर्म र भावना प्रतिकुल रहेको दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !