६ माघ २०८१, आइतबार

रुपन्देहीमा ३०९ जना कोरोना संक्रमित थपिए, १० जनाको मृत्यु

प्रकाशित मिति :  19 May, 2021 5:02 pm


रुपन्देही । रुपन्देहीमा ३०९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार १,००९ जनामा परीक्षण गर्दा ३०९ जना संक्रमित भेटिएका हुन् ।

यससँग रुपन्देहीमा सक्रिय कोरोना संक्रमितको संख्या ५,८८८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ । यससँगै रुपन्देहीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमित मध्य बुटवल उपमहानगरपालिकामा १०६ जना छन् भने तिलोत्तमा नगरपालिकामा ८३ जना थपिएका छन् । सिद्धार्थनगर नगरपालिकामा २७ रहेका छन् । रुपन्देहीमा कोरोना संक्रमितको विवरण :

 



प्रतिक्रिया दिनुहोस !