११ पुस २०८१, बिहिबार

रोल्पामा ‘फेसबुकबाट ह्याक गरी पैसा असुल्ने’ सुनसरीबाट पक्राउ

प्रकाशित मिति :  19 May, 2021 6:14 pm


—उमा केसी—

रोल्पा । सामाजिक संजाल फेसवुक ह्याक गरी विभिन्न व्यक्तिसँग पैसा मागी ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी दुवही नगरपालिका वडा नं. ५ बस्ने बर्ष २० को रितिक कुमार कलवार र सुनसरी ईटहरी उपमहानगरपालिका. वडा नं. १२ खनारमा बस्ने वर्ष २४ को सरनेद्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख नरेश सुवेदीले बताए ।

अरुको फेसबुक ह्याक गरि सम्बन्धित प्रयोगकर्ताका आफन्त र साथीहरुसँग पैसा माग्दै ठग्न थालिएपछि पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

विभिन्न समस्याहरु देखाउदै सापटीको रुपमा भनि मोवाइल बैंकिङमार्फत् क्युआर कोड र बैंक खातामा नगद जम्मा गर्न लगाइ गठी गरेको आरोपमा प्रदेश नं. १ अन्तर्गत सुनसरीमा पक्राउ परेका हुन् । दुबै जनालाई रोल्पा प्रहरीले हिरासतमा राखि अनुसन्धान सुरु गरेको छ ।

प्रविधिको दुरुपयोग गरी समाजका प्रतिष्ठित व्यक्तिहरुको सामाजिक संजाल फेसवुक ह्याक गर्ने र इमो मा चिट्ठा पर्यो भनी झुक्याइ बैक मा रकम जम्मा गर्न लगाई ठगी गर्ने क्रम बढिरहेकाले सजक रहन सुवेदीले आग्रह गरे ।

सम्पुर्णले सामाजिक संजाल प्रयोग गर्दा आफ्ना व्यक्तिगत, पारिवारिक विवरणहरु सामाजिक संजालमा सार्वजनिक नगर्ने, अपरिचित व्यक्तिहरुलाई साथी नबनाउने, साईवर सुरक्षा मापदण्ड तथा विधिहरुलाई पुर्णरुपमा पालना गर्ने, सामाजिक संजालमा आएका अनावश्यक विषयवस्तु र भिडियोहरु खोल्ने, हेर्ने, असुरक्षित तरिकाले प्रयोग नगर्ने र कुनै शंका लागेमा प्रहरीमा सम्पर्क गर्न सुवेदीले सर्वसाधारणलाई अनुरोध गरेका छन् ।

फेसबुकबाट पैसा माग्ने र बैंक तथा इसेवाको माध्यमबाट पैसा ठग्ने विषयमा लुम्बिनी संचारमा समाचार प्रकाशति भएको थियो ।
ग्राहकको गुनासो आएपछि पैसा असुल्न प्रयोग गरिएको एनआइसी एसिया बैंकको खाता नम्बर बन्द गरी अनुसन्धान थालिएको बैंकले जनाएको छ ।

सम्बन्धित समाचारः 

एनआइसी एसिया बैंक र ईसेवाको रोल्पामा दुरुपयोग बढ्दो,फेक आइडीबाट पैसा माग्दै बैंकबाट निकालिंदै



प्रतिक्रिया दिनुहोस !