१७ कार्तिक २०८१, शनिबार

पोखराको एक प्रयोगशालामा अवैध रुपमा कोरोना परीक्षण

प्रकाशित मिति :  19 May, 2021 7:01 pm


काठमाडौं । पोखरामा एक प्रयोगशालाले अवैधरुपमा पिसिआर परीक्षण गरको भेटिएको छ ।

पोखरा महानगरपालिका—८ मा रहेको बिध ल्याब प्रा.लि.ले अवैरुपमा कोरोना परीक्षण गरेको पाइएको हो ।

राष्ट्रिय प्रयोगशाला टेकु काठमाडौंले आज विज्ञप्ति जारी गर्दै उक्त प्रयोगशालाले अहिलेसम्म अनुमतिपत्र नलिएको जनाएको छ ।

राष्ट्रिय प्रयोगशालाले बिध ल्याब प्रा.लि.मा पिसिआर लगायत अन्य कुनैपनि परीक्षण नगराउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !