३ आश्विन २०८१, बिहिबार

क्यान्सर र कोभिडको सहज उपचार स्रेड टेक्नोलोजी

प्रकाशित मिति :  20 May, 2021 8:49 am


काठमाडौ । क्यान्सर ट्युमर र कोरोनाभाइरसको उपचार शरीर भित्रका सेलहरूले आफै गर्ने गरी एक प्रविधि टेक्नोलोजिको विकास गरिएको छ । युनिभर्सिटी अफ ज्युरिकका अनुसन्धानकर्ताहरूले यस्तो टेक्नोलोजिको विकास गरेका हुन् ।

यो टोलीले परिमार्जित एडेनोभाइरसको उपयोग गरी यो टेक्नोलोजिको विकास गरेको हो ।

श्वासप्रश्वासको एक सामान्य किसिमको भाइरसको रूपमा रहेको एडेनोभाइरसको चिकित्सा उपचारमा प्रयोग र पुनप्र्रयोग हुने गरेको छ ।

यसको प्रयोग गर्ने प्रविधि वा टेक्नोलजिलाई संक्षेपमा स्रेड भनिन्छ । यो सिल्डेड रिटार्गेटेड एडेनोभाइरस वा गुप्त टेक्नोलोजि ट्रोजन हर्सजस्तो छ । यो स्रेड टेक्नोलोजिले शरीरको प्रतिरोधी प्रणालीलाई थाहा नदिइ क्यान्सर ल्याउने ट्युमरका सेलमा सिधा एन्टीबडी बनाउन अनुवांशिक निर्देशन दिन लगाउँछ ।

निर्देशनपछि टयुमरहरूले ठूलो संख्यामा एन्टीबडी सेल बनाएर आफ्नो मृत्यु आफै उत्पादन गर्न थाल्छ । यो प्रक्रियामा ती एन्टीबडी सेलले ट्युमरलाई खान थाल्छ र ट्युमर निर्मूल हुन्छ । तुलनात्मकरूपमा साइड इफेक्ट न्युन रहेको छ ।

टेक्नोलोजि विकास गर्ने समूहकी शीना स्मिथले क्यान्सर निम्त्याउने टयुमरले यो प्रविधिको प्रयोग गरिएपछि क्यान्सर विरोधी तत्वको उत्पादन गर्न थाल्ने र उसको विनास आफै हुने बताएकी छिन् ।

हाल जनसन एन्ड जोन्सन, अस्ट्राजेनेका र रुसी स्पुतनिक पाँचौ कोभिड खोपमार्फत एडेनोभाइरस भेक्टरहरूलाई पठाइने गरिन्छ । तर यसमा स्रेड टेक्नोलोजिको प्रयोग गरिदैन् ।

खोपको ठाउँमा यो प्रविधिबाट एडेनोभाइरसका भेक्टरहरू श्वासबाट तानेर फोक्सोमा पठाइनेछ । फोक्सोमा यो पुगेपछि त्यहाँ कोभिडको एन्टीबडी सेलहरूमा आफै उत्पादन हुन थाल्छ । जसले कोभिडको नास हुनेछ ।

यो टेक्नोलोजिले लागत घटाउने र कोभिडको उपचारको सहज तथा प्रभावकारी हुने स्मिथको विश्वास छ ।



प्रतिक्रिया दिनुहोस !