६ माघ २०८१, आइतबार

महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी केसीको कोरोना संक्रमणबाट निधन

प्रकाशित मिति :  20 May, 2021 8:43 am


काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ ।

नेपाल प्रहरी अस्पतालमा उपचाररत केसीको आज बिहान निधन भएको प्रहरी स्रोतले जनाएको छ । उनी कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका व्यक्ति हुन् ।

२ हप्ता अगाडि उनलाई संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि केसीलाई अस्पताल भर्ना गरिएको   थियो ।



प्रतिक्रिया दिनुहोस !