६ आश्विन २०८१, आइतबार

विवेकशील साझा पार्टी बागमती प्रदेश सभा सदस्य उपनिर्वाचनको मतदानमा सहभागि नहुने

प्रकाशित मिति :  20 May, 2021 8:55 am


काठमाडौं । विवेकशी साझा पार्टी बागमती प्रदेशको रिक्त सदस्य पदका लागि भएको निर्वाचनमा सहभागि नहुने निर्णय गरेको छ ।

चुनावी मैदानमा प्रतिस्पर्धारत तिनै जना उम्मेदवारहरूबाट राष्ट्रिय सभामा आफूले अपेक्षा गरेको भूमिका निर्वाह हुनेछ भन्नेमा आश्वस्त हुन नसकेकोले निर्वाचन प्रक्रियामा सामेल नहुने निर्णय गरेको विवेकशी साझा पार्टीले जनाएको छ ।

विवेकशीलका तीन जना संसद रहेका छन् भने उमेद्वारी दिएको छैन ।

विवेकशी साझा पार्टी बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“यस परिप्रेक्ष्यमा चुनावी मैदानमा प्रतिस्पर्धारत तिनै जना उम्मेदवारहरूबाट राष्ट्रिय सभामा हामीले अपेक्षा गरेको भूमिका निर्वाह हुनेछ भन्नेमा आश्वस्त हुन नसकेकोले विवेकशील साझा पार्टीले यस निर्वाचन प्रक्रियामा सामेल नहुने निर्णय गरेको छ ।”

विवेकशील साझा पार्टीले स्थापनाकालदेखि नै उठाउँदै आएको मतपत्रमा ‘नो भोट’ को विकल्प शीघ्र लागु गर्न पनि सरकार र निर्वाचन आयोगसमक्ष माग गरेको छ ।

सर्वोच्च अदालतले २०७० पौष २१ गते सरकारका नाममा मतपत्रमा ‘नो भोट’ को व्यवस्था गर्न निर्देशनात्मक आदेश जारी गरेको स्मरण गराउँदै विवेकशीलले उक्त आदेशको कार्यान्वयनमा सरकार र निर्वाचन आयोग उदासीन रहनु खेदजनक भएको उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस !