१७ कार्तिक २०८१, शनिबार

कपिलवस्तुमा गोली प्रहारबाट माओवादी केन्द्रका नेतासहित २ घाइते

प्रकाशित मिति :  20 May, 2021 10:45 am


रुपन्देही । कपिलवस्तुमा नेकपा (माओवादी केन्द्र)का जिल्ला नेता दीपक पाण्डेमाथि अपरिचित समूहले गोली प्रहार गरी घाइते बनाएको छ । गएराति तौलिहवा–जीतपुर सडकखण्डमा पाण्डेमाथि तीनजनाको समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

तौलिहवाका ३५ वर्षीय स्थायी बासिन्दा पाण्डेको पेट र कम्मरमाथि पेस्तोलको दुईवटा गोली लागेको प्रहरीले जनाएको छ । घाइते पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । उनीसँगै मोटरसाईकलमा रहेका अर्का एकजनापनि घाइते भएका छन् ।

पाण्डे,भारतीय नागरिक माहेम्मद निसार खान र रियाज अख्तर मुसलमान एउटै बाईकमा गणेशपुर ताल क्षेत्रबाट तौलिहवा जाँदै गरेका बेला मोटरसाइकलमा आएका समूहले पाण्डे पाण्डेमाथि लक्षित गर्दै माथि गोली प्रहार भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए ।

प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार गोली प्रहारबाट पाण्डे र भारतीय नागरिक रियाज अख्तर मुसलमान घाईते भएका छन् । पाण्डेको पेट र ढाडमा गोली लागेको र मुसलमानको कुममा गोली लागेको प्रहरीले जनाएको छ ।

गोली लागेका पाण्डे नदीजन्य पदार्थको ठेक्कापट्टाको काम समेत गर्ने गरेकाले व्यावसायिक लेनदेनका कारण घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।



प्रतिक्रिया दिनुहोस !