६ आश्विन २०८१, आइतबार

कांग्रेसले प्रधानमन्त्रीलाई भन्यो,‘सिसिएमसीको वर्तमान संरचना असफल भयो,नयाँ संयन्त्र बनाउनुपर्छ’

प्रकाशित मिति :  20 May, 2021 12:50 pm


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना रोकथाम तथा नियन्त्रणका लागि बनाइएको उपप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)को वर्तमान संरचना असफल ठहर गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गएको कांग्रेस प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज सिंहदरबारमा ज्ञापन पत्र बुझाउँदै कोभिड-१९ संकट व्यवस्थापन केन्द्र असफल भएको भन्दै नयाँ प्रभावकारी संयन्त्रको व्यवस्था मिलाउन माग गरेको छ । प्राविधिक स्वास्थ्य सचिवको तत्काल नियुक्ति गर्न समेत कांग्रेसले भनेको छ ।

सरकारले कोरोना नियन्त्रण तथा रोकथाम नियन्त्रणका लागि उपपप्रधानमन्त्री इश्वर पोखरेलको नेतृत्वमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी) स्थापना गरेको छ । यो पहिलो लहरको कोरोना संक्रमण फैँलदा गठन गरिएको संयन्त्र भएको हो ।

यसको प्रभावकारिताबारे आलोचना भइरहेको छ । यसअघि प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले पनि सिसिएमसी प्रभावकारिता नभएको ठहर गर्दै प्रधानमन्त्रीको नेतृत्वका उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने सुझाव दिएको थियो ।

कांग्रेसले प्रदेश सरकारहरुको कोभिड-१९ संक्रमण रोकथाम र उपचार संरचनालाई मजवुत गराउन कांग्रेसले भनेको छ ।

 



प्रतिक्रिया दिनुहोस !