१ मंसिर २०८१, शनिबार

लगातार सकारात्मक सर्किट लागेको रुरु जलविद्युतको ओरालो यात्रा सुरु

प्रकाशित मिति :  20 May, 2021 1:19 pm


काठमाडौं ।
धितोपत्र दोस्रो बजारमा कारोबार सुरु भएको दिन देखिबाटै सकरात्मक सर्किट लाग्दै उकालो लागेको रुरु जलविद्युत् परियोजना कम्पनी लिमिटेडको सेयरमूल्यमा आज भने ओरालो लागेको छ ।

हिजो प्रतिसेयर ११७० रुपैयाँमा कारोबार भएको सेयर मूल्य आज ५ प्रतिशतले घटेर अहिले ११०७ रुपैयामा कारोबार भएको छ ।

कम्पनीको ४० लाख ७७ हजार ५५ कित्ता साधारण सेयर (आईपीओ) वैशाख १९ गते, नेप्सेमा सूचिकृत भएसँगै कारोबार सरु भको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम ११८ रुपैयाँ ८४ पैसादेखि अधिकतम ३५६ रुपैयाँ ५२ पैसासम्म ओपनिङ रेञ्ज प्रदान गरेको थियो भने पहिलो कारोबार प्रतिकित्ता ३५६ रूपैयाँमा भएको थियो ।

कम्पनीले चैत्र २४ गते, मंगलबारसम्म १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !