१७ कार्तिक २०८१, शनिबार

कोरोना विशेष अस्पतालमा उपचाररत २ जनाको मृत्यु

प्रकाशित मिति :  20 May, 2021 2:43 pm


रुपन्देही । बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत २ जनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अञ्चल अस्पतालमा सूचना अधिकारी डा.विष्णु गौतमका अनुसार आइसियूमा उपचार गराईरहेका दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१७ बुटवल रुपन्देहीका ५९ वर्षीय पुरुष रहेका छन् ।

उनलाई वैशाख ३० गते कोरोना संक्रमणको पुष्टि भएको थियो । हिजो नै भर्ना भएका उनको हिजै बेलुकी निधन भएको अस्पतालले जनाएको छ । त्यस्तै बर्दघाट–१६ नवलपरासीका ३८ वर्षीय महिलाको पनि निधन भएको छ ।

जेठ ४ गते कोरोना पोजेटिभ देखिएपछि उनी हिजो अस्पताल भर्ना भएकी थिइन् । उपचारकै क्रममा उनको हिजो बेलुकी मृत्यु भएको सूचना अधिकारी गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !