६ आश्विन २०८१, आइतबार

माओवादी केन्द्रले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने,सिसिएससी खारेजीको माग

प्रकाशित मिति :  20 May, 2021 2:58 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रले कोभिड रोकथाम र नियन्यत्रणका लागि उपप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) खारेज गर्नुपर्ने माग गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बसेको माओवादी स्थायी कमिटी बैठकले सीसीएमसी संवैधानिक नभएका र प्रभावहिन बनेको भन्दै खारेजीको माग गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य बर्षमान पुनले जानकारी दिए । कानूनी हैसियत नभएको सीसीएमसीलाई खारेज गरिनुपर्ने बैठकले ठहर गरेको पुनको भनाइ थियो ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउने निर्णय पनि गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउन जाने नेता पुनले जानकारी दिए । बैठकले पार्टीका सबै पंक्तिलाई कोरोना नियन्त्रण तथा रोकथामका लागि परिचालित हुन समेत निर्देशन दिएको छ ।



प्रतिक्रिया दिनुहोस !