३ आश्विन २०८१, बिहिबार

मुक्तिनाथ बैंकको मिस्ड कल बैंकिङ सेवा, कर्जा र निक्षेप बारे जानकारी लिन सकिने

प्रकाशित मिति :  20 May, 2021 3:54 pm


काठमाडौं ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले मिस्ड कल बैंकिङ सेवा संचालमा ल्याएको छ । बैंकले ग्राहकहरुको सुविधाको लागि नयाँ सेवा सुरु गरेको जनाएको छ ।

बैंकले उपलब्ध गराएको नम्बरमा सेवाग्राहीले मिस्डकल गरेरै निक्षेप तथा कर्जा सम्बन्धी सेवाहरुको बारे जानकारी लिन सक्नेछन् ।
बैंकका अनुसार निक्षेपसँग सम्बन्धित सेवाको जानकारीका लागि ९८०१११००२२ र कर्जासँग सम्बन्धित सेवाको जानकारीका लागि ९८०१११००२३ नम्बरमा मिस्डकल गर्न सेवाग्राहीमा जानकारी गराएको छ ।

बैंकले मिस्डकल गरिएको नम्बरमा कलब्याक गरेर छोटो समयमै जिज्ञासाको उत्तर दिने व्यवस्था गरिएको हो

डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिमबाट पनि बिना शुल्क रकम निकाल्न सक्ने व्यवस्थासमेत बैंकले गरेको छ ।

मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङले बताए ।



प्रतिक्रिया दिनुहोस !