गण्डकी प्रदेशमा थपिए १३७२ जना कोरोना संक्रमित,२१ जनाको मृत्यु
प्रकाशित मिति : 20 May, 2021 5:05 pm
काठमाडौं । गण्डकी प्रदेशमा १३७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार ६१५ जना महिला र ७५७ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । त्यस्तै २१ जनाको मृत्यु भएको छ ।
निर्देशनालयका अनुसार सबैभन्दा धेरै स्याङ्जामा मात्रै ६११ जना संक्रमित भेटिएका छन् भने कास्कीमा ३५३ जना संक्रमित भेटिएका छन् ।
त्यस्तै गोरखामा १५६, नवलपरासी पूर्वमा ९४, तनहुँमा ९३, म्याग्दीमा २१,लमजुङ्मा १६, पर्वतमा १८, बागलुङ्मा ९ र मुस्ताङ्मा १ जना कोरोना संक्रमित थपिएका छन् ।
त्यस्तै ज्यान गुमाउनेमा कास्कीका ७, स्याङ्जाका ४, नवलपरासी पूर्वका ५, गोरखाका र बागलुङ २/२, तनहुँका १ जना रहेका छन् ।