६ आश्विन २०८१, आइतबार

बादललाई नेपाल पक्षले मत नदिएको ओली पक्षको ठहर,अत्यन्त गम्भीरताका साथ लिएको भनाई

प्रकाशित मिति :  20 May, 2021 5:24 pm


काठमाडौं । नेकपा एमालेको ओली पक्षले राष्ट्रि सभाको उपनिर्वाचनमा पार्टीका उमेद्वारलाई नेपाल पक्षले मत नदिएको ठहर गरको छ ।

आज बसेको स्थायी कमिटी बैठकले बागमती प्रदेशमा सम्पन्न राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा पार्टीका आधिकारिक उमेद्वार रामबहादुर थापा ‘बादल’लाई नेपाल पक्षले मत नदिएको ठहर गरेको हो । यसलाई ओली पक्षले गम्भीर भनेको छ ।

बैठकले भनेको छ,“आज बागमती प्रदेशमा सम्पन्न राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा देखा परेका पार्टीको निर्देशन विपरीत पार्टीका आधिकारिक उमेद्वारका बिरुद्व मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई अत्यन्त गम्भीरताका साथ लिँदै भत्र्सना गरेको छ ।”

रामबहादुर थापा बादल माओवादी केन्द्र छोडेर नेकपा एमालेमा गएका थिए । पार्टी छोडेपछि माओवादी केन्द्रले बादललाई कारबाही गरेपछि बागमति तर्फबाट राष्ट्रिय सभा सदस्यको एक सिट खाली भएको थियो । सोही सिटमा बादल उमेद्वार थिए ।

तर, नेपाल पक्षले बादललाई मत नदिएको ओली पक्षले ठहर गरेको हो । उपनिर्वाचनमा एमालेका तर्फबाट बादल र माओवादी केन्द्र लगायतको गठवन्धनबाट डा. खिमलाल देवकोटा उमेद्वार थिए ।



प्रतिक्रिया दिनुहोस !