६ आश्विन २०८१, आइतबार

संविधानविद् भिमार्जुन आचार्यको प्रतिक्रिया,‘प्रधानमन्त्रीले संसद विघटन गर्न खोजेको जस्तो देखियो’

प्रकाशित मिति :  20 May, 2021 8:32 pm


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनु अघि नै नयाँ सरकार गठनका लागि आव्हान गरेपछि संविधानविद भिमार्जुन आचार्यले आशंका व्यक्त गरेका छन् ।

समाजिक सञ्जाल ट्वीटरमा आचार्यले विश्वासको मत लिने प्रक्रिया आरम्भ हुनुपूर्व नयाँ सरकार आव्हान गर्न सक्ने संवैधानिक व्यवस्था नभएको बताएका छन् । उनले भनेका छन्, “विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनु पूर्व नयाँ सरकार गठनको आव्हान् गर्न सक्ने संवैधानिक ब्यवस्था छैन ।”

उनले राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभएसम्म अर्को सरकार गठनको सिफारिश हुन नसक्ने जिकिर गरेका छन् । उनले भनेका छन्,“ नियत नै ७६.३ को प्रधानमन्त्रीले संसद् विघटन गर्न खोजेको जस्तो देखियो ।”



प्रतिक्रिया दिनुहोस !