६ आश्विन २०८१, आइतबार

राष्ट्रपतिको आव्हानपछि घनश्याम भुसालले भने,‘वाम सरकार बन्न सक्ने ठाउँ छ’

प्रकाशित मिति :  20 May, 2021 8:42 pm


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि फेरि आव्हान गरेपछि घनश्याम भुसालले अझैपनि बाम सरकार बन्न सक्ने ठाउँ रहेको बताएका छन् ।

राष्ट्रपति भण्डारीले भोली बेलुकी ५ बजेसम्मको समय दिएर नयाँ सरकार आव्हान गरे लगत्तै ट्वीट गर्दै उनले नयाँ बाम सरकार बन्न सक्ने बताएका हुन् ।

उनले भनेका छन्,“हामीमा आन्दोलनप्रति न्यूनतम इमान्दारी छ भन्ने प्रमाणित गर्न सक्दा अझै पनि वाम सरकार बन्नसक्ने ठाउँ छ । आन्दोलनलाई बर्बाद गर्न आफै कसम खाएका छौं भने वा आत्महत्या गर्नै कस्सिएका हौं भने त्यो घडी नजिकै छ ।”



प्रतिक्रिया दिनुहोस !