११ कार्तिक २०८१, आइतबार

नायिका सुरक्षा पन्तले गल्ती स्वीकारिन्, मागिन् माफी

प्रकाशित मिति :  20 May, 2021 10:14 pm


काठमाडौं ।

नायिका सुरक्षा पन्त अभिनित सर्ट मुभी (छोटो चलचित्र) मन बार को विषयलाई लिएर नायिका सुरक्षा पन्तले गल्ती स्वीकार्द माफी मागेकी छिन् ।

चलचित्र सार्वजनिक भए लगत्तै हिन्दी चलचित्र नामर्दको हुवहु नक्कल भएको तथ्य सार्वजनिक भएको थियो भने सामाजिक संजालमा आलोचना सुरु भएको थियो ।

चर्को आलोचनापछि आलोचना भएपछि नायिका पन्तले भूल भएको स्वीकार्दै दर्शकसँग माफी मागेकी छिन् ।

केही दिन अघि युट्युव मार्फत सार्वजनिक भएको पन्त अभिनित चलचित्र मन बार युट्यूव च्यानलमा अग्रभागमा देखिन्छ ।

चलचित्र खेल्नु अघि कथा राम्रोसँग बुझ्नु पर्नेमा आफूले त्यसो गर्न नसक्दा भुल भएको बताएकी छिन् । उनले आफ्नो फेसबुक वालमा लामो स्टाटस लेख्दै माफी मागेकी हुन् ।

”हालसालै मैले काम गर्न पुगेको एउटा छोटो सिनेमा, कुनै हिन्दी छोटो सिनेमाको हुबहु कपी रहेको कुरा थाहा पाएपछी मलाई धेरै दुख लागेको छ। पहिले जानकारी भएको भए पक्कै पनि काम गरिदैन्थ्यो होला” उनले लेखेकी छिन् ।

उनले अगाडि लेखेकी छिन्, ”कुनै आइडिया मन परेर काम गरिन्छ अनि यस्तो गलत हर्कतले गर्दा आफ्नो काम प्रति कहिलेकाही मन खुम्चिन पुग्छ। ब्यक्तिगत रुपमा, आइडिया हुबहु कपी गर्ने कुराको घोर बिरोधी हु म । त्यसैले अनविज्ञ भइ यस माहोलको एउटा पात्र हुन पुगेकोमा खेद प्रकट गर्दछु।”



प्रतिक्रिया दिनुहोस !